उनका अनुसार इलाका प्रहरी कार्यालय रानी र बुधनगरको संयुक्त टोलीले साँझ ५ः३० बजेतिर बैठाको घरमा छापा हानेको थियो । छापा हान्ने क्रममा १५ किलो गाँजा बरामद भएपछि घरधनी महिलालाई पनि पक्राउ गरिएको जोशीले बताए । प्लाष्टिकको बोराभित्र लुकाएर राखेको अवस्थामा गाँजा फेला परेको हो ।
बैठलाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएको छ । यस विषयमा इन्स्पेक्टर प्रकाश थापा नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ ।मोरङको जहदाबाट १५ किलो गाँजासहित महिला पक्राउ
विराटनगर । मोरङको जहदाबाट लागुऔषध गाँजा १५ किलोग्रामसहित बुधबार साँझ १ जना महिला पक्राउ परेकी छन् । घरमा लुकाइछिपाइ राखिएको गाँजासहित जहदा गाउँपालिका–१ की ५० वर्षीया मीरादेवी बैठालाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।