काठमाडौँ – नेपालका चार बक्सिङ खेलाडीले थाइल्यान्डको चियाङ–माइमा हुने इलाइट पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने छन् ।

नोभेम्बर ३० देखि डिसेम्बर १२ सम्म हुने प्रतियोगितामा २–२ पुरुष/महिला खेलाडीले भाग लिनेछन् । पुरुष ४८ केजीमा लालप्रसाद उप्रेती र ५१ केजीमा लक्ष्मण राई तथा महिला ४८ केजीमा आरती बम्जन र ५१ केजीमा अस्मिता दुवालले खेल्नेछन् । चार खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बिहीबार जानेछ ।

प्रशिक्षकमा राज श्रेष्ठ र आईटीओमा पुष्करराज पन्त छन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, बक्सिङ महासंघका अध्यक्ष राम अवालेलगायतले बुधबार बिदाइ गरे ।
7
Shares
१३ मंसिर २०८१, बिहीबार ०५:२१