विराटनगर । मोरङको पथरीशनिश्चरेमा सोमबार साँझ भएको दुर्घटनामा एक जना युवकको मृत्यु भएको छ ।

लहरीले मोटरसाइकललाई ठक्कर दिँदा साँझ ७ बजेतिर दुर्घटना भएको मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालले बताए । उनका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको एनएल ०१ एडी ५५११ नम्बरको लहरीले पूर्वतर्फ नै जाँदै गरेको प्र–१–०२–०४० प ६०२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

पथरीशनिश्चरे नगरपालिका–१ स्थित पश्चिम बस स्टेण्डनजिक दुर्घटना हुँदा मोटरसाइकल चालक सुनसरीको धरान उपमहानगरपालिका–११ का अन्दाजी २० वर्षीय टार्जन राईको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । स्थानीयले राईको घटनास्थलमै मृत्यु भएको बताएका छन् ।
7
Shares
११ मंसिर २०८१, मंगलवार ०७:२८