पाँचथर । फिदिम नगरपालिका-६ का दुई दाजुभाईले स्थानीय सिद्वकाली माध्यामिक विद्यालय फेदायकमा अक्षयकोष स्थापना गरेका छन् । आफ्ना स्वर्गीय पिता जङ्गबीर र माता मनरानी तुम्रोकको स्मृतिमा छोराहरु भक्त तुम्रोक र निर्मल तुम्रोकले ५१ हजार रुपैयाँ राशीको अक्षयकोष स्थापना गरेका हुन् । अक्षयकोषको नाम ‘जङ्गबीर मनरानी स्मृति’ राखिएको छ ।

अक्षयकोष रकमबाट प्राप्त ब्याजबाट उक्त विद्यालयमा अध्ययनरत विपन्न, गरिब, जेहेन्दार र दलित समुदायका विद्यार्थीलाई वार्षिक रुपमा छात्रवृत्ति प्रदान गर्ने सहमति भएको विद्यालयका प्रधानाध्यापक नन्दकिशोर तुम्रोकले बताए । तुम्रोक दाजुभाइले कोषको रकम बिहीबार विद्यालय प्रशासन र व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका छन् ।

उनीहरुले गत वर्ष फिदिम-६ स्थित चोकमागु आधारभूत विद्यालय याङ्देन आहालेमा स्वर्गीय पिताको स्मृतिमा ५० हजार राशीको अक्षयकोष स्थापना गरेका थिए ।
28
Shares
८ मंसिर २०८१, शनिबार १०:४५