काठमाडौं । नेपाली कबड्डी इतिहासमा पहिलो पटक आयोजना हुन लागेको नेपाल कबड्डी लिग (एनकेएल) मा ६ टिमले सहभागिता जनाउने भएका छन् ।

शुक्बरार राजधानीमा आयोजित एनकेएलको लोगो सार्वजनिक कार्यक्रममा आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले पहिलो संस्करणमा ६ टिम सहभागि हुने जानकारी दिएको हो ।

कार्यक्रममा एनकेएलको पहिलो संस्करणमा ६ सहरको नामबाट टिम सहभागि हुने घोषणा गरिएको हो । जसमा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, बुटवल र धनगढी सहरको नाम छन् । यही सहरको टिम बन्नेछ ।

लिगको आयोजना मिति भने छिटै सार्वजनिक गरिने आयोजकले जनाएको छ । अखिल नेपाल कबड्डी संघले एनकेएल आयोजनाका लागि गत वर्ष माघमा पुरुष एनकेएलको एस्ट्रोनिक्स म्यानेजमेन्टसँग १० वर्षको लागि सम्झौता गरिसकेको छ । लामो समयमको तयारीपछि एनकेएलको लोगो र सहभागि हुने टिमको सहरको नाम सार्वजनिक गर्न पाउँदा निकै खुशी लागेको एस्ट्रोनिक्स म्यानेजमेन्टका अध्यक्ष अमित बेदानी र कबड्डी संघका महासचिव अरविन्द झाले बताए ।

यसैगरी शुक्रबारै एनकेएलको आधिकारिक लोगो सार्वजनिक गरिएको छ । नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले रिमोट थिचेर लोगो अनावरण गर्ने । साथै एनकेएलको विजेताले पाउने ट्रफी पनि सार्वजनिक गरिएको छ । गृहमन्त्री लेखकसहित युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र एस्ट्रोनिक्कसका अध्यक्ष बेदानीले ट्रफी सार्वजनिक गरे ।
35
Shares
८ मंसिर २०८१, शनिबार १०:३५