काठमाडौँ- दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले उमेर समूहका दुई प्रतियोगिताका लागि आयोजना स्थलर र मिति तय गरेको छ। साफले यु-२० महिला साफ च्याम्पियनसिप र यु-१९ पुरुष साफ च्याम्पियनसिपको आयोजनास्थल र मिति तय गरेको हो।

प्रतियोगिता समितिको बुधवार बसेको बैठकले सो निर्णय गरेको साफले जनाएको छ। यु २० महिला‌ च्याम्पियनसिप आयोजनाको जिम्मेवारी बंगालादेशले प्राप्त गर्दा प्रतियोगिता २९ माघ देखि ७ फागुन (फेब्रुअरी ११- २५) सम्म हुने छ।

नेपालले प्रीति राईको कप्तानीमा गत वर्ष पछिल्लो संस्करण खेलेको थियो। नेपाल फाइनलमा आयोजक बंगालादेशसँग पराजित भएको थियो। यु-१९ पुरुष साफ च्याम्पियनसिपको आयोजनाको जिम्मा भने भारतले प्राप्त गरेको छ। च्याम्पियनसिप अर्को वर्ष १९ कात्तिकदेखि २९ कात्तिक (२०२५ नोभेम्बर ५-१५) सम्म हुने छ।

दुई पटकको विजेता नेपाल गत वर्ष घरेलु मैदानमा च्याम्पियनसिप आयोजना हुँदा सेमिफाइनलमा भारतसँग पराजित भएको थियो। पाकिस्तानलाई हराउँदै भारत च्याम्पियन बनेको थियो।

14
Shares
६ मंसिर २०८१, बिहीबार १०:५४