मिस तर्फको शीर्ष उपाधि भने पेरुकी फेयरस ओर रुम्बो एलले हात पारिन् । दुवै शीर्ष विजेताले पर्सनालिटी विद्याको अवार्ड समेत हात पार्न सफल रहे । सौन्दर्य प्रतियोगिता मार्फत मौलिक कलासंस्कृति, जातियता, आफ्नोपनको संरक्षण, प्रवर्द्धन गर्ने हेतुले आयोजना हुँदै आएको प्रतियोगिताको सातौँ संस्करण हो ।
ईप्लानेट पिटिई लिमिटेड सिंगापुरको आयोजना रहेको प्रतियोगिताको संयोजन र व्यवस्थापन सिंगापुरका सुसन कोहले सह–समन्वय दुर्गा बिशुरालद्वारा गरिएको थियो । स्टेज प्रस्तुतिकरण र कोरियोग्राफी नेपाल फेसन कोरियोग्राफर रोजिन शाक्य र मलेशियाका स्टेज एवं डान्स कोरियोग्राफर वेस्ली शले संयुक्त रूपमा सम्लाहेको आयोजक संस्थाका अध्यक्ष सन्तोष सापकोटाले जानकारी दिए ।‘हेरिटेज प्याजेन्टस् २०२४’मा यो पटक नेपाल, भारत, थाईल्याण्ड, बेलायत, नाइजेरिया, भियतनाम, फिलिपिन्स, पेरु, सिंगापुर, म्यानमार, न्युजिल्याण्ड, मेक्सिको, इन्डोनेसिया, लाट्भिया, सर्विया, केन्या तथा मलेशियाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।