विराटनगर वडा नम्बर ८, विद्यालय र राउण्ड टेवल—५ बीच सम्झौता भएको हो । वडाध्यक्ष राम पोखरेल, विद्यालयका प्रधानाध्यापक चित्र पोखरेल र राउण्ड टेवलका तर्फबाट अध्यक्ष पियुष लुनिया र सचिव राजन भगतले हस्ताक्षर गरे ।
१५ लाख रुपैयाँ लागत अनुमान गरिएकोमा ८ नम्बर वडाले २५ प्रतिशत र बाँकी रकम राउण्ड टेवल—५ ले व्यहोर्ने सम्झौतामा उल्लेख छ । भौतिक संरचना निर्माणका लागि राउण्ड टेवलले १३ लाख रुपैयाँले व्यहोर्नेछ । एक महिनाभित्र निर्माण सम्पन्न गरी वडा कार्यालयलाई हस्तान्तरण गरिने र राउण्ड टेवल—५ का अध्यक्ष पियुष लुनियाले जानकारी दिए ।यसअघि विद्यालयको भवन निर्माण, कम्प्युटर ल्याब, कक्षाकोठालगायत निर्माण गरिएको थियो । त्यस्तै सो विद्यालयका विद्यार्थीलाई पोशाक वितरणसँगै खाजाको समेत व्यवस्था मिलाउँदै आएको छ ।
विद्यालयका १२ जना विद्यार्थी काठमाडौं घुमाउने योजनासमेत सचिव भगतले बताए । विद्यार्थीलाई हवाई जहाजबाट लाने र ल्याउने व्यवस्था मिलाइनेछ ।