क्यानले एनपीएलको प्रत्यक्ष प्रसारण भारतीय च्यानल स्टार स्पोर्ट्ससँग गर्ने सम्झौता गरेको छ । उक्त सम्झौता गर्ने क्रममा गम्भीर त्रुटि भएको सञ्चार तथा विज्ञापन क्षेत्रका तीन संस्थाले मंगलबार एक संयुक्त विज्ञप्ति जारी गर्दै आरोप लगाएका छन् ।
नेपाल विज्ञापन संघ, राष्ट्रिय विज्ञापन संघ नेपाल र मिडिया अलाइन्सद्वारा जारी संयुक्त विज्ञप्तिमा ‘केही कानुनी र केही नैतिक तथ्यहरूमा अवैधानिक, गैरकानुनी र गैरव्यवसायिक तथा अनैतिक क्रियाकलापहरू जानाजान वा भुलवश हुन गएको’ आरोप लगाइएको छ ।क्यानले सरकारले विदेशी च्यानलहरूमाथि लागु गरेको विज्ञापनरहित नीति र नियमहरू एनपीएल प्रत्यक्ष प्रसारणको क्रममा उल्लंघन गर्न नसक्ने विज्ञप्तिमा उल्लेख छ ।