काठमाडौं । नेकपा एमालेका सांसद तथा कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

काठमाडौँ जिल्ला अदालतले मङ्गलवार उनलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । अधिकारी मानव तस्करी आरोपमा विराटनगरबाट पक्राउ परेका थिए ।

नक्कली कागजात बनाएर तीन जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
21
Shares
४ मंसिर २०८१, मंगलवार १७:०८