पाकिस्तानले दिएको १ सय १८ रनको लक्ष्य अस्ट्रेलियाले ३ विकेट गुमाएर ५२ बलअघि नै भेटायो । अस्ट्रेलियाका मार्कस स्टोइनिसले २७ बलमा नटआउट ६१ रन बनाए । पाकिस्तानका शाहीन शाह अफ्रिदी, जेहन्दाद खान र अब्बास अफ्रिदीले १/१ विकेट लिए । यो खेलमा जेहन्दादले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका छन् ।
यसअघि होबर्टमा टस जितेर ब्याटिङ गरेको पाकिस्तान १८ ओभर १ बलमा १ सय १७ रनमा आलआउट भयो । पाकिस्तानका बाबर आजमले सबैभन्दा धेरै ४१ रन बनाए । अस्ट्रेलियाका आरोन हार्डीले ३ विकेट लिए । अस्ट्रेलियाले पहिलो खेल २९ रन र दोस्रो खेल १३ रनले जितेको थियो ।यसअघि भएको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला भने पाकिस्तानले २–१ ले जितेको थियो ।