१३ औं वार्षिक साधारणसभाको अवसर पारेर सहकारीले उनीहरुलाई सम्मान गरेको हो । कार्यक्रममा यादवकुमार खड्का, सलाउँदिन मिया, संस्कार गिरी, युएन साह, शीला चौधरी, अनिल महतो र शोभा देवीलाई कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला आयोजक संस्थाका अध्यक्ष मित्रलाल गिरीलगायतले सम्मान गरे ।
नियमित बचत गर्ने र ऋणको साँवा र ब्याज तोकिएको समयभित्र तिर्नेहरुमध्येबाट उत्कृष्ट छनौट गरेर सम्मान गरिएको सहकारीका अध्यक्ष गिरीले जानकारी दिए ।कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले केही सहकारीका कारण सम्पूर्ण सहकारी आन्दोलन नै बदनाम भएको बताए । उनले बैंक र वित्तीय संस्थाको पहुँच नपुगेका स्थानमा सहकारीहरुले आमजनतालाई वित्तीय सेवा प्रदान गरिरहेको चर्चा गरे ।
२०६८ सालमा स्थापित सो सहकारीमा ४४८ जना शेयर सदस्य रहेका छन् ।