काठमाडौँ- क्रिश्टियानो रोलान्डोले उत्कृष्ट प्रदर्शन गरेको खेलमा पोर्चुगलले पोलायान्डमाथि ५-१ को एकपछिय जित हासिल गरेको छ। नेशन्स लिगको क्वार्टर-फाइनलमा स्थान सुरक्षित गर्ने क्रममा पोर्चुगलले सबै गोल दोस्रो हाफमा सम्भव बनायो।

दोस्रो हाफमा निरन्तर गोलको अग्रता बनाइरहेको खेलमा अन्तिम क्षणमा रोनाल्डोले पोस्टको छेउबाट सानदार ‘एक्रोब्याटिक’ गोल गर्दै टिमको फराकिलो जित निश्चित गरे। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा सबै पाँच गोल पोर्चुगलले दोस्रो हाफमा गरेको दबाबपूर्ण प्रदर्शनमा संभव भएको थियो।

राफाएल लियाओले हेडर मार्फत पोर्चुगलले ५९ औं मिनेटमा सुरुवाति गोल गरेको थियो। यसबाहेक, आर्सनल डिफेन्डर याकुब किभियोरले पेनाल्टी एरिया भित्र फाउल गरेपछि पोर्चुगललाई पेनाल्टी दिइयो। रोनाल्डोले उक्त बललाई बललाई जाली चुमाउँदै टिमको अग्रता दोब्बर बनाए।

म्यानचेस्टर युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेजले उत्कृष्ट तेस्रो गोल ८० औं मिनेटमा थप्दा चेल्सीका विङ्गर पेद्रो नेटोले पोस्ट नजिकबाट ८३ औं मिनेटमा चौंथो गोल गरेका थिए। उनले रोनाल्डोको पासलाई सदुपयोग गरे।

पोल्याण्डका डोमिनिक मार्चुकले एक सान्त्वना गोल गरेपनि पोर्चुगलसँगको फराकिलो हार रोक्न पर्याप्त भएन्। रोनाल्डोको दुई गोलले प्रतियोगितामा उनको उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दियो, जसमा उनले पाँच खेलमा पाँच गोल गरेका छन्।

यो जितसँगै पोर्चुगल लिग ए को समूह १ को विजेता बनेर क्वाटरफाइनल प्रवेश गरेको छ। जबकि पोल्याण्डले भने अघिल्लो चरण पुग्न असफल भयो।

त्यस्तै अर्को खेलमा स्पेनले डेनमार्कलाई २-१ ले हराउँदा स्विट्जरल्यान्ड र सर्वियाले १-१ गोलको बराबरी खेले। त्यस्तै नर्दन आयरल्यान्डले बेलारुसमाथि २-० को जित निकाल्दा बुलगरियाले लक्जेम्बर्गलाई १-० ले हराएको थियो। त्यस्तै साइप्रसले लिथुनियालाई २-१ ले पाखा लगायो।

21
Shares
१ मंसिर २०८१, शनिबार ०९:५९