गोष्ठीमा आर्थिक प्रशासन महाशाखा प्रमुख संजीवकुमार भट्टराई, राजस्व व्यवस्थापन महाशाखा प्रमुख सरोजकुमार गौतम, स्वास्थ्य महाशाखा संयोजक डा. दिलीपकुमार यादव, शैक्षिक प्रशासन महाशाखा अधिकृत कृष्ण भट्टराई, योजना तथा पूर्वाधार विकास महाशाखा प्रमुख अर्जुन थापा, घर नक्सा शाखाका प्रमुख इन्जिनियर गोपाल पोखरेल, आर्थिक विकास महाशाखा प्रमुख कृष्ण पोखरेल,, सामान्य प्रशासन शाखाकी प्रमुख अनिता कोइराला, महिला तथा बालबालिका शाखाकी प्रमुख मञ्जु लोहोनीलगायत महाशाख र शाखा प्रमुखहरुले एक वर्षको अवधिमा आफ्नो शाखा महाशाखाले गरेको प्रगति विवरण प्रस्तुत गरे ।
उनीहरुले आफ्ना महाशाखा र शाखा नीतिगत समीक्षा, कार्यान्वयन गर्दा देखा परेका समस्या र चुनौतीहरुसमेत जानकारी गराएका थिए ।गोष्ठीलाई सम्बोधन गर्दै मेयर कोइरालाले आगामी दिनमा अझै प्रतिफल प्राप्त हुनेगरी कार्यसम्पादन गर्न निर्देशन दिए । उपमेयर कार्कीले महानगरले अघि सारेका नीति, बजेट तथा कार्यक्रम कार्यान्वयन गर्न रणनीतिक योजनासहित प्रभावकारी रुपमा काम गर्नुपर्नेमा जोड दिइन् ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत ढुंगेलले जनप्रतिनिधि र कर्मचारीहरुबीचको सहकार्य र एकताले गत वर्ष भौतिक विकास, राजस्व संकलन, बजेट कार्यान्वयन, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा प्रभावकारी काम भएको दाबी गर्नुभयो । आगामी दिनमा अझै प्रभावकारी कार्यसम्पादन गर्न कर्मचारीहरुको तर्फबाट प्रतिबद्धतासमेत व्यक्त गरे ।