कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर सुशीलकुमार झा का अनुसार सम्झौता भएको एक वर्षपछि मात्रै निर्माण सुरु भएको थियो । ‘साइड क्लियरेन्सदेखि विभिन्न समस्याका कारण एक वर्षसम्म काम सुरु भएन,’ उनले भने, ‘अहिले काम भइरहेको छ । थप एक वर्ष म्याद थप भयो भने हामी समयमै काम सक्छौँ ।’ उनका अनुसार २०८२ पुस १२ गतेसम्म काम सम्पन्न गर्नुपर्ने भए पनि थप एक वर्ष ढिला गरी निर्माण सम्पन्न हुनेछ ।
कुल दुई अर्ब ४५ करोड ९५ लाख ८० हजार नौ सय २० रुपैयाँ लागतमा ठेक्का सम्झौता भएर काम भइरहेको उनले बताए । सबै नेपाल सरकारको स्वामित्व रहेको छ । हालसम्म २४ प्रतिशत काम सम्पन्न भएको छ, झा ले भने, काम चालु भएको एक वर्ष पूरा भयो । यसको सुपरभिजनकर्ता सहरी विकास मन्त्रालय हो ।शुक्रवार उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह श्रेष्ठले उक्त निर्माणाधीन अस्पतालको निरीक्षण गरेका छन् । उनले निरीक्षण गर्दै राम्ररी काम गर्न निर्देशन दिए । ‘काम राम्ररी र समयमै सक्नु । प्रभावकारी रूपमा निर्माणको काम हुनुपर्छ, जसले जनतालाई छिटै सेवा प्रवाहमासमेत कुनै कसर बाँकी नराखोस्,’ मन्त्री श्रेष्ठले भने ।कोशीमा पाँच सय शय्याको अस्पताल बन्दै
विराटनगरस्थित कोशी अस्पतालमा पाँच सय शय्याको अस्पताल निर्माणाधीन छ । अस्पतालले पाँच सय बेड थप गर्न लागेको हो । नेपाल सरकारको सहरी विकास मन्त्रालयले बजेट उपलब्ध गराएसँगै अहिले निर्माणको काम भइरहेको हो । काठमाडौँको केसी कन्स्ट्रक्सन प्रालिले २०७९ पुस १३ गते सम्झौता गरेर काम गरिरहेको छ ।