प्रदेश सभाका कार्यवाहक सचिव गौतमराज अमात्यले सभामुख अम्बरबहादुर विष्टको निर्देशानुसार सांसद अधिकारी पक्राउ परेको सूचना टाँसेका हुन् । बहालवाला सांसदलाई पक्राउ गर्न सभामुख वा कार्यवाहक सभामुखको अनुमति लिनुपर्ने प्रावधान छ । सोही अनुसार उनलाई पक्राउ गरिएको प्रहरी श्रोतले जनाएको छ ।
अधिकारीलाई आइतबार महानगरीय अपराध अनुसन्धान कार्यालयको टोलीले विराटनगरको वरगाछीस्थित निवासवाटै पक्राउ गरी काठमाडौ लगेको थियो । मानव तस्करी अभियोगमा मुछिएपछि उनलाई प्रहरीले दुई दिन म्याद थपि हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।जापान भ्रमणका क्रममा मानव तस्करीमा मुछिएपछि गत बुधबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीको कडा निर्देशन अनुसार उनले राजीनामा दिएका थिए । शनिवार एमाले कोशीले उनलाई पार्टीको सदस्यवाट निलम्वन गरेको थियो । आइतवार नेकपा एमाले कोशीको संसदिय दलले उनलाई २४ घन्टे स्प्रष्टिकरण सोधेको थियो । आइतबारै उनी प्रहरी हिरासतमा पुगेका थिए ।
संविधानको धारा १८७ को उपधारा ६ मा प्रदेशसभाको सदस्यलाई अधिवेशन बोलाइएको सूचना जारी भएपछि अधिवेशन अन्त्य नभएसम्मको अवधिभर पक्राउ नगरिने उल्लेख छ । तर, कुनै फौजदारी अभियोगमा कुनै सदस्यलाई कानून बमोजिम पक्राउ गर्न यो उपधाराले बाधा पुर्याएको नमानिने संविधानमा स्प्रष्ट भनिएको छ ।