‘यो पुस्तकलाई मैले फिल्ममा एडप्टेसन गर्दैछु । यो फिल्ममार्फत मैले निर्देशकको रुपमा पुनरागमन गर्दैछु’, उनले भने । यदि यसो भयो भने २५ वर्षपछि निर्देशकको रुपमा उनको पुनरागमन हुनेछ ।
एडप्टेसन प्रक्रिया सुरु गर्न अझै हप्ता दिन लाग्ने उनको भनाइ छ । ‘किताब लेख्न ७-८ वर्ष लाग्यो । समय लिएर फिल्म बनाउन लागेका हौं’, सायमीले भने । फिल्मलाई सेल्युलोइड संरचना निर्माण गर्ने उनको तयारी छ । ‘अभिलेखीकरणको हिसाबले पनि पुरानै सिर्जना देखियोस् भनेर पुरानै शैलीमा फिल्म बन्नेछ,’ उनले भने ।नारायणगोपालको भूमिकामा अभिनय गर्ने कलाकारको भने स्केच लगाएर प्रक्रिया पूरा गरेर कास्ट गरिने उनले बताए । सायमी निर्देशित पछिल्लो फिल्म ‘हतियार’ २ सेप्टेम्बर १९९९ मा रिलिज भएको थियो । गीतकारका रुपमा उनको पछिल्लो फिल्म ‘कन्यादान’ १६ जुलाई २०१० मा प्रदर्शनमा आएको थियो । उनले बहुचर्चित फिल्म ‘सिमाना’सहित रानीखोला, जमिन, अवतार र पृथ्वी निर्देशन गरेका छन् ।
समारोहमा सायमीले आफूले फिल्म उद्योग नछाडेको बरु केही समय विश्राम लिएको समेत बताए । सायमी सन् १९९० को दशकका चर्चित फिल्म निर्देशक हुन् ।