उनीहरुको शरीरका विभिन्न अंगमा चोट लागेको छ । अवस्था जटिल रहेकोले उनीहरुलाई पाँचथर अस्पतालबाट झापास्थित बीएन्डसी अस्पतालका लागि रेफर गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । ट्रक हिलिहाङ-१ सिंहापुरदेखि झापाका लागि गोलिया बोकेर जाँदै गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी बेनिलाल साहले बताए ।
ट्रक दुर्घटनामा परी एकजनाको मृत्यु, दुई घाइते
पाँचथर । मेची राजमार्गको फिदिम ताप्लेजुङ सडक खण्डअन्तर्गत पाँचथरको भारपामा ट्रक दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । हिलिहाङ-६ ढकालगाउँ नजिक ना ४ ख ७१२३ नम्बरको ट्रक दुर्घटनामा पर्दा हिलिहाङ-३ साम्रेका ५७ वर्षीय भवानीशंकर पौडेलको घटनास्थलमै ज्यान गएको हो । दुर्घटनामा परी ट्रकमा सवार इलाम सुर्योदय नगरपालिका-१२ निवासी ५२ वर्षीय तेजबहादुर दास र झापा चारपानेका ४० वर्षीय राजकुमार बस्नेत घाइते छन् ।