कम्बोडिया सरकारले दुवैजनालाई नेपाल पठाएको हो । नेपाल प्रहरीले शाक्य र आचार्यको खोजीका लागि इन्टरपोल र कम्बोडिया प्रहरीसँग अनुरोध गरेको थियो । त्यसपछि कम्बोडिया प्रहरीले शाक्यलाई पक्राउ गरेको हो । नेपाल प्रहरी प्रधान कार्यालयले शाक्यलाई र आचार्यलाई कात्तिक नौ मा नेपाल ल्याइएको जनाएको छ ।
दुवै जनालाई कम्बोडियास्थित इन्टरपोल न्होम्पेनको समन्वयमा पक्राउ गरी नेपाल ल्याइएको प्रहरीले जनाएको छ । आचार्य शाक्यले शाक्यले वैदेशिक रोजगारीमा सिंगापुर पठाइदिन्छु भनेर ४० जना भन्दा बढी व्यक्तिबाट ५ करोड २ लाख ९४ हजार रूपैयाँ ठगी गरेको अभियोग छ ।दुवै जनाविरुद्ध २०८० माघ १९ मा इन्टरपोलले रेड नोटिस जारी गरी खोजीकार्य अघि बढाएको थियो । त्यसपछि इन्टरपोलका सदस्यराष्ट्रका प्रहरीले उनीहरुको खोजीकार्य जारी राखेकामा दुवैजना कम्बोडियाबाट पक्राउ परेका हुन् । दुवैजना असोज १ मा पक्राउ परेपनि कानुनी प्रक्रिया पूरा गर्दा नेपाल ल्याउन केही ढिलाई भएको थियो ।