लायन्स डिस्ट्रिक्ट ३ सय २५ सिका अध्यक्ष विकास अधिकारीको नेतृत्वमा रहेको टोलीले फिदिम नगरपालिका परिसरमा आयोजित कार्यक्रममाझ पीडित परिवारलाई राहत सामग्री उपलब्ध गराएको हो ।
फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्ले सहितका जनप्रतिनिधिको रोहबरमा क्लबले सामग्री उपलब्ध गराएको थियो । असोज ९ देखि १२ गतेसम्म भएको अविरल वर्षासँगै आएको बाढी र पहिरोमा आफन्त र घरबार गुमाएका फिदिम नगरपालिकाका ८० घर परिवारलाई पहिलो चरणमा राहत सामग्री उपलब्ध गराइएको अधिकारीले जानकारी दिए ।यसैबीच लाइन्स क्लब अफ फिदिमले जिल्लाका विभिन्न स्थानमा ज्यान गुमाएका १० जना नागरिकका आफन्त र परिवारलाई नगद १५ हजार रुपैयाँका दरले राहत उपलब्ध गराएको छ ।