जसमा सनतकुमार कार्की, गुञ्जकुमार खड्का, जगतबहादुर बस्नेत, टेकबहादुर शाह, गोबर्द्धन कोली, आरती भण्डारी र अनिलकृष्ण प्रसाइँ सदस्य रहेका छन्। गठनका लागि यसअघि नै मन्त्रिपरिषदबाट आदेश आएको भएपनि बल्ल गठन भएको आयोगले सोही आदेश अनुसार काम गर्ने अध्यक्ष रिजालले जानकारी दिएका छन्।
अध्यक्ष रिजालका अनुसार आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीलगायत समस्यामा रहेकाहरूलाई जग्गा उपलब्ध गराउने र उनीहरूका समस्या समाधान गर्नेगरी काम गर्नेछ।हरि रिजालको अध्यक्षतामा सरकारले गठन गर्यो भूमि समस्या समाधान आयोग
काठमाडौँ । भूमिसम्बन्धि समस्याहरू समाधान गर्नका लागि सरकारले भूमि समस्या समाधान आयोग गठन गरेको छ। लुम्बिनी प्रदेशका पूर्वमन्त्रीसमेत रहेका प्युठानका हरिप्रसाद रिजालको अध्यक्षतामा आयोग गठन भएको हो।