जनकपुरधाम । वैदेशिक रोजगारीको नाममा ठगी गरेको आरोपमा सिरहा प्रहरीले मलेसियन नागरिकसहित चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मलेसियन नागरिक ५१ वर्षीय मोहम्मद रिजुआन बिन अब्दुल्लाह, सिरहाको लहान नगरपालिका २३ बस्ने ४२ वर्षीय रामा शंकर यादव, २५ वर्षीय राम भरत यादव र ३९ वर्षीय सूर्यनारायण यादव रहेको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ।

प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बिरेन्द्रकुमार पासवानका अनुसार शनिबार साँझ करिब साढे ७ बजेको समयमा लहान ४ मा गोधुली होटेलबाट नेपाल सरकारबाट कुनै अनुमति प्राप्त नगरी नेपाली नागरिकहरुलाई कतार पठाइदिन्छु भनी केही व्यक्तिहरुबाट रकम समेत उठाएको घटनाको अनुसन्धानको क्रममा चारै जनालाई पक्राउ गरेको बताए।

जिल्ला अदालत सिरहाबाट ४ दिनको म्याद थप अनुमति लिई इलाका प्रहरी कार्यालय, लहान सिरहाबाट थप अनुसन्धान भइरहेको प्रवक्ता पासवानले जानकारी दिए।

21
Shares
१२ कार्तिक २०८१, सोमबार २०:१८