विराटनगर । विराटनगरमा शनिबारदेखि हुन लागेको नरेश श्रेष्ठ मेमोरियल मेन्स यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीबाट प्रतिनिधित्व गर्ने खेलाडीहरुको नाम सार्वजनिक गरिएको छ ।

कोशी प्रादेशिक क्रिकेट संघको समन्वयमा नेपाल क्रिकेट संघले आयोजना गर्न लागेको प्रतियोगिताका लागि कोशीबाट खेल्ने १४ सदस्यीय खेलाडीको नाम सार्वजनिक गरेको हो ।

कोशी प्रादेशिक क्रिकेट संघका सचिव टीकाराम पुरीका अनुसार सौजन घिमिरेको नेतृत्वमा प्रतिक पोखरेल उपकप्तान, दिपु भुजेल, सोनु अन्सारी, रोशन शाह, कृतिक कामत, प्रेम कामत, फेइसल रहमान, रोबिन मण्डल, आशिक राना मगर, आइन्स्टाइन रिजाल, आयुुष कार्की, भुपाल दंगाल र विपिन महतो रहेका छन् । टोलीको प्रशिक्षक लाक्पा लामा र टिम व्यवस्थापकमा एल्विन बस्नेत रहेका छन् ।

14
Shares
१० कार्तिक २०८१, शनिबार ०६:०५