विराटनगर । महिलाको क्षमता र दक्षता विकासका लागि विराटनगर महानगरपालिकाले काम गर्ने उपप्रमुख शिल्पा निरला कार्कीले बताएकी छिन् ।
राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल कोशी प्रदेशले दिपावली, नेपाल सम्बत् तथा छठ पर्वको अवसरमा शुक्रबार विराटनगरमा आयोजना गरेको शुभकामना आदन–प्रदान कार्यक्रममा बोल्दै उनले महिलाहरुको क्षमता, दक्षता, अवस्था र रुची पहिचान गरी विराटनगर महानगरपालिकाले सोही अनुसारका कार्यक्रम सञ्चालन गने उनले बताएकी हुन् ।
महानगरले १९ वटै वडाका महिलाहरुको सामाजिक, सांस्कृतिक, आर्थिक, शैक्षिक, अवस्था पहिचान गरी पञ्जीकरण गरेर कार्ययोजना बनाउने उनले बताइन् ।
कार्यक्रममा जिफन्ट कोशी प्रदेशका अध्यक्ष किशोर धमलाले चाडपर्वले भाइचार कायम गरेर अगाडी बढ्न सहयोग गर्ने बताए । योगदानमा आधरित सामाजिक सुरक्षा कोष तीन तहको सरकारले कार्यान्वयन गरेर अगाडि लैजानुपर्ने उनको भनाई थियो ।