खोटाङ । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २३ वर्षपछि पक्राउ परेका छन् ।

स्थानीय १९ वर्षीय पूर्णबहादुर राईको हत्यामा दोषी ठहरिएका केपिलासगढी गाउँपालिका–३ बास्पानी घर भई हाल धरान उपमहानगरपालिका–११ बस्ने ४१ वर्षीय सोमराज राईलाई पक्राउ गरी कैद भुक्तानका लागि बिहीबार कारागार पठाइएको हो ।

२०५७ पुस १४ गते पूर्णबहादुरको हत्यामा संलग्न रहेको भनि जिल्ला अदालत खोटाङले २०५८ माघ २ गते दोषी ठहर गर्दै दश वर्ष कैदको फैसला सुनाएको थियो ।

धरानमा लुकिछिपि बसिरहेको अवस्थामा असोज १७ गते नै पक्राउ परे पनि बिदाका कारण बिहीबार मात्र कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिए ।

42
Shares
३ कार्तिक २०८१, शनिबार ०५:५९