काठमाडौँ । फिल्म  ‘छक्कापञ्जा ५’ घरेलु बक्स अफिसमा राम्राे  कमाइ गरेको छ । प्रदर्शनको सुरुको दिनदेखिनै राम्रो कमाउँदै अगाडि बढेको फिल्मले सोमबारसँग ८ करोडभन्दा बढीको व्यवसाय गरेको वितरक मनोज राठीले बताए ।

‘फिल्मले सोमबार साँझसम्म ८ करोड बढीको व्यवसाय गरिसकेको छ । यकिन विवरण साँझ मात्र भन्न सकिन्छ’, राठीले भने, ‘फिल्मको आम्दानी सोचेभन्दा राम्रो छ ।’ फिल्मले सुरुवातको दिन देखिनै राम्रो व्यवसाय गर्न सफल भएको कारण यतिछिटो यति धेरै व्यवसाय गरेको राठीको भनाई छ ।

सुरुको दिनमा प्रतिस्पर्धी फिल्म भन्दा करिब डबल पाएको फिल्मले प्राप्त शोलाई अकुपेन्सीमा बदल्नुपर्ने चुनौतीलाई सजिलै पार गर्दै अगाडि बढिरहेको दाबी गरिएमो छ । यसपटक यो फिल्मको कमाइ काठमाडौँ उपत्यकासँगै मोफसलमा पनि अधिक देखिएको छ ।
28
Shares
२९ आश्विन २०८१, मंगलवार १८:२१