काठमाडौँ- बाढी तथा पहिरोले अवरुद्ध बनेको बीपी राजमार्गमा डाइभर्सन ट्र्याक निर्माण गरी सवारी साधनको आवागमन खुलाइएको छ।

पूर्वपश्चिम राजमार्गको वैकल्पिक राजमार्गको रुपमा रहेको बीपी राजमार्ग बाढी तथा पहिरोले अवरुद्ध भएको थियो। राजमार्गमा खसेको पहिरो पन्छाएसँगै यातायात खुलाइएको हो।

तर, केही स्थानमा खोलाले पुरै सडक बगाएका कारण डाइभर्सन ट्र्याकबाट सवारी साधन खोलैखोला गुड्नुपर्ने बाध्यता छ। जस्का कारण यात्रा गर्दा सवारी साधन तथा यात्रुलाई जोखिम भने कायम छ।

दसैँमा टीका लगाउन गाउँ गएकाहरू सोही राजमार्ग हुँदै काठमाडौं फर्किन थालेका छन्। उक्त राजमार्गमा सवारी साधनको भीड बढेको छ।

डाइभर्सन ट्र्याक निर्माण गरी अस्थायी रूपमा सञ्चालन गरिएको सडकका डाइभर्सनमा सवारी साधनहरूको जाम लाग्ने गरेको छ। काठमाडौँ आउने र पूर्व जाने हल्का सवारी साधनले बीपी राजमार्ग नै रोज्ने गरेका छन्।

14
Shares
२९ आश्विन २०८१, मंगलवार ०९:०९