उत्तरी एट्लान्टिकमा हालैका वर्षहरूमा आएको यो सबैभन्दा शक्तिशाली आँधी रहेको प्रकोप हेर्ने अमेरिकी निकायले जानकारी दिएका छन् । आँधीका कारण १६० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलिरहेको छ । बाढी र तीव्र हावाका कारण फ्लोरिडाका २० लाखभन्दा बढी घर र पसलहरू विद्युतविहीन छन्।
आँधी तटीय क्षेत्रमा पुग्नुअघि नै करिब १२५ घरमा क्षति पुगेको थियो । यद्यपि, तीमध्ये अधिकांश अस्थायी घरहरू थिए। स्थानीय समयअनुसार बिहीबार बिहान ३५ जना मानिसलाई पानीको बहावबाट उद्धार गर्नुपरेको थियो ।केही सडकहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् । बाढीका कारण पानी विषाक्त भएको भन्दै यसबाट बच्न सरकारी अधिकारीहरूले सचेत गराएका छन् । ‘यसबाट बच्न बाहिर निस्कनुहुँदैन, कृपया यसबाट बच्न यो पानीसँग जोगिनुहोस्’ सरकारी अधिकारीले फेसबुक स्टाटसमा लेखेका छन् ।