झापा । चट्याङ लागेर झापामा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार चट्याङ लागेर दमक-४ का ३६ वर्षीय कुमार मोतेको मृत्यु भएको हो ।

मंगलबार राति करिव १० बजे उनलाई चट्याङ लागेको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

28
Shares
९ आश्विन २०८१, बुधबार १४:५०