सामाजिक सञ्जालमा एक पक्षीय रुपमा आउने सूचनाका आधारमा मात्र लगानी निर्णय गर्दा जोखिम हुने भएकाले ती सूचनाहरुलाई राम्रोसँग प्रमाणित गर्न नेप्सेले आग्रह गरेको हो ।
‘नेपालमा हालसम्म कुनै पनि निकायबाट कसैलाई पनि बजार विश्लेषकको रुपमा दर्ता गर्ने वा मान्यता प्रदान गर्ने गरिएको छैन,’ नेप्सेले जारी गरेको सूचनामा भनिएको छ, ‘फेसबुक, ट्विटर, क्लबहाउसलगायत सामाजिक सञ्जाल वा आम सञ्चारकामाध्यममा त्यस्ता विश्लेषक वा विज्ञका नाममा आउने विश्लेषणलाई मात्र आधार बनाइ लगानी गर्दा जोखिममा पर्न सकिन्छ ।’त्यसलै यथार्थ बुझेर लगानीसम्बन्धी निर्णय गर्न नेप्सेले आग्रह गरेको हो ।