विराटनगर । विराटनगरको अरनिको कलेजले अतिरिक्त क्रियाकलाप अन्तर्गत आज विद्यार्थीबीच कविता प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा ५० भन्दा बढी विद्यार्थीले सहभागिता जनाएका थिए ।

नेपाली र अंग्रेजी भाषामा कविता प्रतियोगिता भएको थियो । नेपालीतर्फ प्रतियोगिताका निर्णायकहरुमा साहित्यकारहरु भरत गुरागाईं बर्बरिक र मीनकुमार नावोदित थिए ।

प्रतियोगितामा आयुष पोखरेल प्रथम र मनाश्लु कोइराला दोस्रो भए । तेस्रो स्थानमा सौरभ कटुवा, प्रेरणा मेहता, गौरिका थापा, र आयुष्मा खतिवडा रहे । अनिषा उप्रेतीले सान्त्वना पुरस्कार प्राप्त गरिन् ।

अंग्रेजी कवितातर्फ इशान लोहनी प्रथम तथा आर्या रिजाल दोस्रो भए । यसतर्फ निर्णायकका रुपमा भरतराज दाहाल र प्रमिला कटुवाल थिए । प्रतियोगिताका विजेताहरुलाई प्रिन्सिपल राजेश कार्कीले ट्रफी तथा प्रमाणपत्र वितरण गरेका थिए ।

119
Shares
२८ भाद्र २०८१, शुक्रबार २०:०८