सुनसरी । धरानमा परेको वर्षासँगै नालामा उर्लिएको भेलले बगाउँदा एक बालकको मृत्यु भएको छ। बिहीबार अपराह्न एकाएक परेको भीषण वर्षाले धरान १७ स्थित ड्रेनमा उर्लिएको भेलले बगाउँदा १४ वर्षीय रोशन लिम्बूको मृत्यु भएको हो।

धरान १७ का वडाध्यक्ष मनोज भट्टराईका अनुसार स्थानीय भिक्टोरिया स्कुलमा कक्षा ९ मा अध्ययनरत लिम्बू विद्यालय छुटेर घरफर्कने क्रममा ड्रेनको भेलमा परेका थिए। वडाध्यक्ष भट्टराईका अनुसार एकाएक परेको ठूलो वर्षाका कारण धरान ११ को ऐश्वर्य मार्गमा बाढी पसेको थियो।

उनका अनुसार भेलले बगाएपछि लिम्बूको शव सोही वडामा पर्ने फोक्लेन टापुको ठकुरी खोलाको पुलनजिक फेला परेको थियो। मृतक लिम्बूसहित अन्य ३ जना स्कुलमा कोचिंग कक्षा सकेर करिब ५ बजे घर फर्कने क्रममा घटना भएको थियो।

28
Shares
१४ भाद्र २०८१, शुक्रबार ०५:५९