काठमाडौँ। क्यानाडा पठाइदिने भन्दै ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्सा घर भएर ललितपुर बस्ने महावीर प्रसाद जैसवाल छन्।

५० वर्षीय जैसवाललाई ठमेलबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले बताए। क्यानाडाको सपना देखाएर ३ जनासँग उनले ५ लाख २० हजार ठगेको प्रहरीको भनाइ छ।

रकम लिएपछि क्यानाडा नपठाएर उनी पीडितबाट सम्पर्कविहीन भएका थिए।  उनलाई कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाएको प्रहरीले जनाएको छ।

21
Shares
३० श्रावण २०८१, बुधबार २२:२३