विराटनगर । विराटनगरमा मोटरसाइकलको ठक्करबाट घोडाको मृत्यु भएको छ । ठक्कर दिने मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।

एयरपोर्ट रोड प्रवेश गर्ने पूर्वपश्चिम राजमार्गको एबी पेट्रोलपम्म अगाडि पश्चिमतिरबाट आएको प्र–१–०१–१५ प ५९६२ नम्बरको मोटरसाइकलको ठक्करबाट गएराति घोडाको मृत्यु भएको हो ।

तीव्र गतिमा आएको मोटरसाइकलको ठक्करबाट घोडाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार स्थानीय रविन कार्कीले पालेका दुईवटा घोडामध्ये एक दुर्घटनामा मारिएको हो ।

ठक्करपछि सडकमा बजारिएका मोटसाइकल चालक विराटनगर महानगरपालिका ३ का ३१ वर्षीय अमित झा गम्भीर घाइते छन् । नोवेल अस्पतालको आईसीयूमा उनको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

196
Shares
३० श्रावण २०८१, बुधबार १७:११