झापा । झापाको बाह्रदशी गाउँपालिका वडा नम्बर-२ जनता बजारस्थित कुटिबाट राजगढ तर्फ आउँदै गरेको मोटरसाइकलको ठक्करवाट एक पैदलयात्रीकाे मृत्यु भएको छ। मे ४ प ५१५६ नम्बरकाे मोटरसाईकलको ठक्करवाट घाइते पैदल यात्री बाह्रदशी गाँउपालिका वडा नम्बर-१ नयाँबस्ती बस्ने ४२ वर्षका च्याङवा तामाङको मृत्यु भएको हो ।

घाइतेको उपचारका क्रममा बिर्तामोडस्थित बी एन्ड सी अस्पताल मंगलबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएकाे छ। मोटरसाइकलपछाडि सवार जिल्ला झापा कचनकवल गाउँपालिका वडा नम्बर १ बस्ने १९ वर्षीय श्रवण राजवंशी घाइते छन् ।

21
Shares
३० श्रावण २०८१, बुधबार ०९:४०