विराटनगर । उदयपुरमा असार १३ गतेदेखि १५ गतेसम्म कोशी प्रदेशस्तरीय बक्सिङ च्याम्पियनसिप हुने भएको छ ।

च्याम्पियनसिपमा सहभागिता जनाउने मोरङको टोलीलाई आज सोमबार विदाइ गरिएको छ ।

मोरङबाट च्याम्पियनसिपमा प्रशिक्षक, टिम म्यानेजरसहित १० जनाको टोली सहभागी हुने भएको छ ।

मोरङका खेलाडीले सबै तौल समूहमा प्रतिस्पर्धा गर्ने भएका छन्।

मोरङबाट सहभागिता जनाउने खेलाडीहरुमा प्रवीण बस्नेत, अजय खुलाल, रिजन भुजेल, फ्रेन्डसन कन्दङवा, दिपककुमार यादव, दिपेश देउजा, सुमन साह र रोशन बस्याल छन्।

टिमका प्रशिषकमा रवि साह रौनियार छन् भने टिम म्यानेजरका रुपमा बसन्त बुढाथोकी छन् ।

टोलीलाई विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले विदाइ गरेका थिए ।

त्यस अवसरमा बक्सिङ संघ कोशी प्रदेश उपाध्यक्ष अभिषेक श्रेष्ठले खेलाडीसहितको टोलीलाई टिसर्ट उपहार दिएर विदाइ गरेका थिए ।

च्याम्पियनसिप खेलकुद विकास बोर्ड, कोशी प्रदेशले आयोजना गरेको हो ।

यसैगरी नेपाल बक्सिङ संघको सहकार्यमा च्याम्पियनसिप हुन लागेको हो ।

स्थानीय रुपमा उदयपुर जिल्ला बक्सिङ संघले सहकार्य गरेको हो ।

1.13k
Shares
११ असार २०८०, सोमबार २०:४७