मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ गाँउपालिकाको भारपामा ट्याक्टरबाट खसेर दुई बालिकाको निधन भएको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक दिवस कुवँरले हिलिहाङ गाँउपालिका–७ निवासी कमल सुवेदीका दुई छोरी १३ वर्षीया पुजना र नौ वर्षीया गंगाको ट्याक्टरबाट खसेर निधन रहेको जानकारी दिए ।

ट्याक्टर चढेर विद्यालय जाँदै गरेका पुजना र गंगाको बुधबार बिहान निधन भएको हो ।

यसैगरी, दुई जना घाइते भएका छन् । घाइतेको पाँचथर जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने ट्याक्टर चालक फरार रहेको प्रहरी निरीक्षक कुवँरले जानकारी दिए ।

49
Shares
४ जेष्ठ २०८०, बिहीबार ०७:४९