मंगलबार राति सान सिरोमा भएको सेमिफाइनलको दोस्रो लेगमा मिलान डर्वी भिडन्तमा एसी मिलानलाई १-० पाखा लगाउँदै समग्रमा ३-० को नतिजा सहित फाइनल प्रवेश गरेको हो।
तीन पटकको च्याम्पियन इन्टर मिलानले अब उपाधिका लागि रियल म्याड्रिड र म्यानचेस्टर सिटीबिच बुधबार राति हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। पहिलो लेगमा रियल र सिटीबिच १-१ गोलको बराबरी भएको थियो। दोस्रो लेग आज राति सिटीको घरेलु मैदान इतिहाद स्टेडियममा हुँदैछ।अत्याधिक समर्थकमाझ भएको खेलमा मिलान डर्वीबीच पहिलो हाफ गोलरहित बराबरी भएको थियो। तर जित्नु पर्ने दबाबमा रहेको एसी मिलानले इन्टरमाथि सुरुवाती दबाब दिएपनि सफल हनु नसक्दा दोस्रो हाफमा इन्टरले अग्रता लियो। इन्टरका लागि विश्वविजेता टिम अर्जेन्टिनी स्टार लौटारो मार्टिनेजले गोल गर्दै टिमको सहज जित पक्का गरेका थिए।
जारी सिजनमा मार्टिनेजको यो तेस्रो च्याम्पियन्स लिग गोल हो। उनले बेल्जियम समकक्षी रोमेलु लुकाकुको पासलाई सदुपयोग गर्दे टिमको फाइनल यात्रा सहज बनाएका थिए। एसी मिलान भने इन्टर विरुद्ध गोलविहीन हुँदै सेमिफाइनलबाट बाहिरिएको छ।इन्टरले २०१० पछि च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाएको हो। च्याम्पियन्स लिगको फाइनल १० जुनमा टर्कीको स्तानबुलमा हुनेछ।