‘तिमी टाढा’ बोलको गीतको म्युजिक भिडियोबाट निर्देशन सुरु गरेका सविनका दर्जनौँ चलचित्र हिट छन्।
सनिश श्रेष्ठको स्वर तथा लिखु सयपत्रीको शब्द तथा संगीतमा तयार भएको गीतको म्युजिक भिडियोमा निर्देशक सविन र उनकी अर्धाङ्गिनी अनु शाहको फिचरिङ देख्न सकिन्छ।पत्रकार तथा चलचित्रकर्मी रवीन आचार्यको निर्माणमा तयार भएको गीतको कोरियोग्राफर कविराज गहतराज र छायांकन चिरायु शाक्यले गरेको हुन्। गीतलाई सविन श्रेष्ठ युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।