सामाजिक सञ्जालको प्रयोग गरी उदयलाई २२ लाख २० हजार ठगी गर्ने उदयपुरको कटारी नगरपालिका–३, का उज्जवल थापामगर र विशाल थापामगर तथा चितवन रत्ननगर नगरपालिका २ का सुशील श्रेष्ठलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फूयालले बताए ।
‘उदयलाई सामाजिक संजाल ह्वाट्सयाप मार्फत चिठ्ठा परेको सन्देश पठाई ठगी गरेको पाइयो,’ प्रहरी उपरीक्षक फूयालले भने, ‘उदयलाई चिठ्ठा परेको भन्दै कर वापत पटक–पटक गरी विभिन्न व्यक्तिको खातामा २२ लाख २० हजार रकम हाल्न लगाएर ठगी गरेको पाइयो ।’कर वापतको रकम बुझाउँदा पनि आफूले पाउने रकम नपाएपछि उदय प्रहरीको सम्पर्कमा आएको उनले बताए ।
ठगी गर्ने तीन युवकले उदयलाई २५ लाख भारतीय रुपैयाँ चिठ्ठा परेको बताएका थिए । २५ लाख भारु चिठ्ठा परेको र त्यस वापत लाग्ने कर अग्रिम बुझाउनु पर्ने भन्दै ठगी गरेको प्रारम्भीक अनुसन्धानमा देखिएको छ ।