काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणको बयान सोमबारबाट लिइने भएको छ।

वैशाख २७ गते पक्राउ परेका खाणसँग प्रहरीले २८ गते नै प्रकरणसम्बन्धमा सोधपुछ गरे पनि उनकाे बयान भने रेकर्ड गरिएकाे थिएन।

प्रहरी स्राेतका अनुसार आजै बयान सक्ने तयारी गरिएकाे छ।

यससम्बन्धमा प्रहरीले अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाउनेछ।

जिल्ला अदालत काठमाडौँले अनुसन्धान गर्नका लागि खाँणविरुद्ध थप चार दिन समय दिएको छ।

यसभन्दा अगाडि सरकारी वकिल र प्रहरीले खाणका निजी सचिव नरेन्द्र केसी र पूर्वगृहसचिव टेकनारायण पाण्डेको बयान आइतबार लिइसकिएकाे छ। हालसम्म पक्राउ परेका ११ जनाको बयान सकिएको छ।

14
Shares
१ जेष्ठ २०८०, सोमबार ११:२९