एनसीडिएले दिएको १४४ रनको विजय लक्ष्य पछ्याएको एनएमएसआरएले १४. ५ बलमा ६ विकेट गुमाई पुरो गर्यो । एनएमएसआरएका सरोज बस्नेतले ७२ रनको अर्धसतकीय इङनिङ खेले । प्रशान्त राईले ८ बलमा १६ रन पारी खेल्दा मिथलेस यादवले १३ बलमा १० रनको योगदान दिए । फाइलनको म्यान अफ द म्याच र उत्कृष्ट ब्याटमेन सर्वाधिक रन ल्याउने सरोज घोषित भए ।
बलिङमा एनसीडिएले रवि यादव र सुशिलले समान २–२ विकेट लिए । प्रशान्त साह र कमल राहुलले समान १–१ विकेट लिए ।यसअघि टस जितेर ब्याटिङ रोजेको एनसिडीएले निर्धारित १५ ओभरमा ७ विकेट गुमाई १४३ रनमा सिमित भयो । जसमा विशाल चौधरीले २० बलमा ३६ रनको पारी खेल्दा राहुल कमल देवले २५ बलमा ३२ रनको योगदान दिए । असुतोष सिंह र दिपक भगतले समान ११–११ रनको योगदान दिए । एनसिडीएका अरु ब्याटरले दोहोरो अंक बनाउन सकेनन् ।
बलिङमा आयोजक एनएमएसआरएका विशाल चौधरीले ३ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । लोमस निरौलाले ३ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । अजय मण्डल र विवेक सिंहले समान १–१ विकेट लिए ।
उत्कृष्ट बलरमा आयोजकका बिशाल चौधरी, र म्यान श्रीरिच एनसिडिएबाट कमल देव घोषित भए ।