काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रिय सरोकारका विषयमा तीन प्रमुख दलबीच मात्रै छलफल नराख्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएका छन्।

शुक्रबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर सभापति लामिछानेले राष्ट्रिय सरोकारका विषयमा कुरा गर्दा संसदका अरु दललाई पनि बोलाउन आग्रह गरेका हुन् ।

‘तीन दल बसिरहनुभएको छ । रास्वपा चौथो दल हो, जनमत पार्टी छ, राजेन्द्र लिङदेन पुरानै भए पनि नयाँ अभिमतसहित आउनुभएको छ, यसतर्फ ध्यान दिनुहोस्’ लामिछानेले प्रचण्डसँगको संवाद सुनाए ।

अहिले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन चलिरहँदा ठूला तीन दलका नेता मात्रै निरन्तर छलफल गर्नुले आशंका जन्मिएको लामिछानेले प्रचण्डलाई सम्झाएका थिए । ‘यो प्रकरणमा बालकृष्ण खाँण जोडिनुभएको छ, टोपबहादुर रायमाझी पहिले माओवादी हो, तपाईहरु मात्रै नबस्नुहोस्’, प्रधानमन्त्री प्रचण्डलाई लामिछानेको आग्रह छ ।

7
Shares
३० बैशाख २०८०, शनिबार ०७:०५