विराटनगर । बुढीगंगा गाउँपालिका ५ मा रहेको एक उद्योगमा आगलागी भएको  छ ।

मध्यरातमा विद्युत् सर्ट भएर भएको आगलागीमा राठी ग्रुपको उद्योग पूर्ण रूपमा जलेर नष्ट भएको छ ।

राठीग्रुप अन्तरगतको राजेन्द्र राठीले सञ्चालन गरेको उद्योग मध्ये राठी मेनिफ्याक्चरिङ प्रालिमा आगो लागेको प्रहरी सहायक निरीक्षक दिनेशकुमार श्रेष्ठले जानकारी दिए ।

राठी ग्रुपले सञ्चालनमा ल्याएको तीन कम्पनी मध्ये एउटामा आगो लागेको हो । तीन उद्योग मध्ये अन्नपूर्ण मेनिफ्याक्चरिङ र अन्नपूर्ण ग्लोबल ईन्पेक्स प्रालिलाई प्रहरी र दमकलको सहयोगले क्षति हुनबाट जोगाएको छ ।

147
Shares
२९ बैशाख २०८०, शुक्रबार ०८:५८