बुधबार जनकपुरधाम उपमहानगरपालिका ७ बस्ने २४ वर्षीय मो. गुलाम मंसुर भन्ने रवानी मंसुरको छतबाट लडी घाइते भएका थिए। उपचारका लागि उनलाई प्रादेशिक अस्पताल जनकपुरमा ल्याउँदा मृृत्यु भएको थियो।
प्रहरीले यस घटनामा चार जनालाई नियन्त्रणमा लिई दुई जनालाई सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा जनकपुरधाम ७ जानकीनगरका २० वर्षीय अनुज तिवारी, २५ वर्षीय जियाउल राईन, वडा नं ८ बस्ने ३१ वर्षीय राजकुमार साह र नगराईन नगरपालिका २ बस्ने २१ वर्षीय जितेन्द्रकुमार मण्डल छन्।धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काका अनुसार मृतक र पक्राउ परेका व्यक्तिहरु मंगलबार धनुषाको जटही नाकाबाट लागूऔषध सेवन गरेर आएका थिए।
राति १ बजे जनकपुरधाम २३ लादोमा चुरोट किनी सोही स्थानमा निर्माणाधीन रहेको पक्की घरको दोस्रो तल्लामा चढेर गाँजा सेवन गरेका थिए। अन्त्यमा चुरोट तान्ने विषयमा विवादहुँदा मंसुर लडेको र उपचारको क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक खड्काले बताए। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।