इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्सले बेंगलोरमाथि सहज जित निकाल्दै अङ्क तालिकामा एकै पटक ५ स्थान सुधार गरेको छ।

सूर्यकुमार यादवले विष्फोटक ब्याटिङ गरेपछि बेंगलोर फराकिलो हार भोग्न बाध्य भयो। जितसँगै मुम्मबईले प्लेअफ समिकरणमा आफ्नो स्थान बलियो बनाएको छ। बेंगलोरको भने प्लेअफ सम्भावना थप कमजोर बनेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ९९ रन बनाउँदा फाफ डुप्लेसिसले ६५ रन तथा ग्लेन म्याक्सवेलले ६८ रनको अर्धशतकीय इनिङ खेले। त्यस्तै दिनेश कार्थिकले ३० रन बनाउँदा केदार जाधव र वानिन्दु हसरङ्गाले १२-१२ रन बनाए।

जवाफमा २१ बल बाँकी हुँदानै ६ विकेट गुमाएर मुम्बईले लक्ष्य पुरा गरेको थियो। मुम्मबईको जितमा सुर्यकुमार यादवले ३५ बलमा ८३ रन बनाउँदा नेहल वाधेराले ५२ रनको नटआउट इनिङ खेले।

त्यस्तै ओपनर इशान किसनले ४२ रन बनाए। जितसँगै मुम्मबई ले ११ खेलमा ६ जितसहित १२ अङ्क बनाउँदै तेस्रो स्थानमा उक्लिएको छ।
70
Shares
२७ बैशाख २०८०, बुधबार ०८:००