लैंगिक विभेदमा आधारित हिंसा रोकथाम प्रतिकार्य परियोजनाको कार्यक्रममा बोल्ने वक्ताहरुले महानगरले बनाउने बजेट लैंगिकमन्त्री हुनुपर्नेमा जोड दिएका हुन् ।
युएनएपीए, आइपास नेपाल र भिएसओको सहयोगमा विराटनगर महानगरपालिकाले आयोजना गरेको कार्यक्रम एवीसी नेपाल, सीएमसी नेपाल र कोकनले सहकार्य गरेका थिए । कार्यक्रममा एवीसी नेपालकी कोशी प्रदेश संयोजक विष्णु शर्माले महानगरले लैंगिक हिंसाका क्षेत्रमा महत्वपूर्ण कार्य गर्दै आएको बताइन् ।उनले आगामी आर्थिक वर्षको बजेट लैंगिकमन्त्री बनाउन सुझावसमेत दिइन् । आइपासका कोशी प्रदेश संयोजक सरोज भुसाल र भिएसओका प्रदेश संयोजक सुनिलकुमार साहले विराटनगरमा लैंगिक विभेदमा आधारित हिंसा र रोकथामका विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
त्यस्तै उपमेयर शिल्पा निराला कार्कीले महानगरको न्यायिक समितिमा धेरैजसो लैंगिक हिंसाका उजुरी आउने गरेको बताइन् ।