सोमबारदेखि जारी विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलको दोस्रो दिनमा प्रतिनिधि सभामा आफ्नो विचार राख्दै सांसद बजगाईंले नेपालको प्रचुर सम्भावना भएको पर्यटन क्षेत्र, पर्यटन उद्योग र ऊर्जा क्षेत्रमा बजेटको प्राथमिकतामा नपरे कहिँपनि नपुग्ने बताए ।
यसका लागि बजेटले प्राथमिकताका साथ पर्यटन पूर्वाधारको विकासमा लाग्नुपर्ने उनले बताए ।मलेसियाको उदाहरण दिँदै सांसद बजगाईंले भने, ‘सन् २००७ देखि २०११ सम्म मलेसियाले पर्यटन क्षेत्रमा व्यापक पूर्वाधारको विकास गर्यो । अहिले त्यहीँ पूर्वाधारले मलेसिया संवृद्ध हुँदैछ’ उनले भने, ‘प्राथमिकताका साथ मलेसियाले कूल बजेटको ६० प्रतिशत बजेट पर्यटन र पर्यटन पूर्वाधारमा खर्च गर्यो र अहिले त्यसको प्रतिफल खादै छन् ।