पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले प्रधानमन्त्री दाहाल सो प्रकरणका दोषीलाई जोगाउने पक्षमा लागि परेकै कारण आफूले उहाँसँगको भेटमा ‘दोषीहरु कोही पनि नछुटून’ भनेर भन्नु परेको दाबीसमेत गरे ।
प्रधानमन्त्री दाहालले सो प्रकरणका दोषीलाई जोगाउने, आफ्नो पार्टीलाई फसाउने खालको प्रयास गरेपछि आफूले सो प्रकरणको छानवीन गरी दोषीमाथि कारबाही गर्न दवाव दिनु परेको बताए ।सोमबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजित राष्ट्रिय युवा संघ नेपालको प्रथम पूर्ण बैठकमा बोल्दै अध्यक्ष ओलीले सो प्रकरणमा आफ्नो पार्टीलाई फसाउन र दोषीलाई जोगाउन प्रधानमन्त्री दाहालले कस–कसलाई निर्देशन दिएको भन्ने कुरा आफूलाई थाहा भएको र पछि त्यसको सार्वजनिक गर्ने पनि बताए । उ
नले प्रधानमन्त्री दाहालले आफूले भ्रष्टहरुलाई छुटाउन दवाव दिएजसरी सञ्चार माध्याममा बोलेको दोहोर्याउँदै हिरोइजमको देखाउन खोजेको भन्दै त्यस्तो प्रयास नगर्न समेत चेतावनी दिए ।