विराटनगर । नेपाल पत्रकार महासंघ मोरङले १२ जना अग्रज पत्रकारलाई सम्मान गरेको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर महासंघ मोरङले सम्मान गरेको हो ।
सम्मानित हुनेहरूमा मिथिला उपाध्याय, शिवबहादुर कार्की, ऋतु वर्ण पराजुली, दुर्गाप्रसाद खतिवडा, केशवबहादुर कार्की, मोहन भण्डारी, दीपक दाहाल, तेजेन्द्र भण्डारी, प्रभासचन्द्र झा र देवी पन्थी छन् ।
उनीहरूलाई कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिकमतकुमार कार्कीले कदर पत्र, दोसल्ला र नेपाल पत्रकार महासंघको लागो भएको मेडल प्रदान गरिएको छ ।